दफा
निर्वाचन कार्यक्रमको सूचना
(१) दफा ६ बमोजिम निर्वाचनको मिति तोकिएको सूचना प्रकाशित भएपछि आयोगले निर्वाचन कार्यक्रमको सूचना प्रकाशन गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निर्वाचन कार्यक्रममा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयनपत्र जाँच गर्ने, मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र मतदान गर्ने मिति, समय र स्थान उल्लेख गरेको हुनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको निर्वाचन कार्यक्रममा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचनको लागि उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्ने, सो उपर दाबी विरोध गर्ने र उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने कार्यक्रम समेत समावेश गर्नु पर्नेछ ।
(४) यस दफा बमोजिमको निर्वाचन कार्यक्रम नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।
(५) उपदफा (१) बमोजिम आयोगले प्रकाशन गरेको निर्वाचन कार्यक्रम बमोजिमको सूचना सम्बन्धित निर्वाचन अधिकृतले निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।